२८ जेष्ठ २०८०, आईतवार

आधा करोड निक्षेप खाता निष्क्रिय

२०७७,माघ,२७,मंगलवार ०६:१७

0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खातामध्ये करीब आधा करोड निक्षेप खाता निष्क्रिय (डोरमेन्ट) रहेका छन् । बैंकहरूले ३ वर्षसम्म कारोबार नभएका बचत खाता निष्क्रिय (डोरमेन्ट) खातामा राख्ने गरेका छन् भने ६ महीना कारोबार नभएका चल्ती खाता र कल (तुरुन्तै भुक्तानी पाइने) खातालाई निष्क्रियमा राख्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकमा निक्षेप खाता खोल्ने अर्थात रजिस्ट्रेशन गर्ने तर नियमित सञ्चालन नगर्ने निष्क्रिय (डोरमेन्ट) खाताको संख्या चालू आर्थिक वर्ष (आव) को मङ्सिरसम्ममा कुल खाता संख्याको १८.६१ प्रतिशत रहेको छ । सो अवधिमा बैंकहरूमा निक्षेप खाताका लागि कुल दर्ता संख्या २ करोड ९४ ३५ हजारमध्ये ५४ लाख ७८ हजार खाता निष्क्रिय छन् भने २ करोड ३९ लाख ५६ हजार खाता सक्रिय रूपमा सञ्चालनमा रहेका छन् । गत आवको सो अवधिसम्म बैंकमा खोलिएका खातामध्ये २२.९५ प्रतिशत खाता निष्क्रिय थिए । गत आवमा कुल खाता संख्या २ करोड ५१ लाख ८१ हजार रहेकोमा ५७ लाख ७९ हजार खाता निष्क्रिय थिए भने १ करोड ९४ लाख २ हजारओटा खाता मात्र सञ्चालनमा थिए ।

यसअघिका वर्षमा खाता खोलेकामध्ये आधा खाता निष्क्रिय रहेने गरेको थियो । केन्द्रीय बैंकको अनुसार आर्थिक वर्ष २०७४/७५ तिर बैंकमा खाता खोलेको तर कारोबार नगरेर निष्क्रिय रहेको संख्या आधाभन्दा बढी देखिन्थ्यो । एउटै व्यक्तिले दुईभन्दा बढी खाता खोल्ने तर एउटामा मात्र नियमित कारोबार गर्ने प्रवृत्तिका कारण पनि यस्तो खाताको संख्या बढेको बैंकरहरू बताउँदै आएका छन् । निक्षेप खातामा लामो समयसम्म कारोबार भएको छैन । तर, रकम थुप्रो छ भने बैंकका कर्मचारीले फ्रड गर्न नसकून् भनेर कारोबार गर्न नपाउने गरी डोरमेन्ट भनी लक गरेर राख्ने गरेको बैंकरहरू बताउँछन् । खातावाला स्वयम् आए पनि केही डकुमेन्ट पेश गरेपछि मात्र खाता सक्रिय हुन्छ । यो समाचार ममता थापाले आर्थिक अभियान दैनिकमा लेखेकी छिन् ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ०६:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली,

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०