काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको फिल्म, टेलिभिजन र रेडियोका कलाकारहरुको संयुक्त संस्था सागमा आजीवन सदस्य समेत नरहने गरी निष्काशित भएका छन् ।
ट्रम्पले यसअघि दिएको राजीनामा स्वीकार्दै संस्थाले अब फेरि यस संस्थासँग ट्रपले सदस्यताका लागि पहल गर्न नमिल्ने निर्णय गरेको हो ।
संस्थाको विज्ञप्तिमा उनले पदमा हुँदा संघको मान र अखण्डताविपरीत कार्य गरेको बताइएको छ ।