काठमाडौं । दक्षिण अफ्रीकाले अक्सफोर्डको कोरोना भ्याक्सिनको प्रयोगमा रोक लगाएको छ ।
वैज्ञानिकहरुले यसलाई अघि बढाउन नभनुन्जेल अब यसको प्रयोग नगर्ने बताइएको छ ।
दक्षिण अफ्रीकाका स्वास्थ्य मन्त्री ज्वेली मिखाइजले अक्सफोर्डको ट्रायलको डेटा आएपछि यसको घोषणा गरेका हुन् ।