२२ जेष्ठ २०८०, सोमवार

भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रहरीकै मिलेमतोमा शव जलाएको आशंका

२०७७,माघ,२६,सोमवार ०९:४७

0
Shares

एजेन्सी । भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। बालिकाको शव प्रहरीकै सहयोगमा जलाइएको बीबीसी हिन्दीले जनाएको छ।

प्राथमिक जाँच र सामाजिक सञ्जालमा भाइरल भएको एक अडियोका आधारमा घटनामा स्थानीय प्रहरीचौकीका प्रमुख समेत संलग्न रहेको देखिएको छ । भाइरल भएको अडियोमा थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही देखिएको एसपी नवीनचन्द्र झालाई उदृत गर्दै बीबीसीले समाचार लेखेको छ । रञ्जनलाई निलम्बन गरिएको र उनकाविरुद्ध एफआईआर दर्ता गराइएको एसपी झाले बताएका छन्। २१ जनवरीमा भएको यो घटनाको प्रहरीले १२ दिनपछि अर्थात् फेब्रुअरी २ मा मात्र एफआईआर दर्ता गरेको हो ।

मृतक बालिकाका बाबु सुरेश (नाम परिवर्तन) नेपालको बर्दिया जिल्लास्थित बारबर्दिया नगरपालिकाका स्थायी बासिन्दा हुन्। उनी विगत सात वर्षदेखि बिहारको मोतिहारीस्थित कुन्डवा चैनपुरमा मजदुरी गर्थे। घटना हुँदा सुरेशकी पत्नी नेपाल आएकी तथा सुरेश आर्फै पनि मजदुरी गर्न गएका थिए । उनका छोरा पनि काम विशेषले बजार गएका बेला एक्लै रहेकी बालिकामाथि सामूहिक बलात्कार भएको जनाइएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ०९:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०