१४ जेष्ठ २०८०, आईतवार

तास खेल्दै गरेको अवस्थामा सात पक्राउ

२०७७,माघ,२६,सोमवार ०८:२२

0
Shares

स्याङ्जा । तास खेल्दै गरेको अवस्थामा प्रहरीले स्याङ्जाबाट सात जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल, ३८ वर्षीय लोकनाथ गिरी, ५७ वर्षीय कृष्ण थकाली र ५१ वर्षीय भक्तबहादुर दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

तास खेल्नेहरुको साथबाट ३५ हजार ९६० नेपाली र १७ हजार १३० भारतीय रुपैयाँसहित चार बुक ताससमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई १० दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ०८:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेटौँडा । १६ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आज हेटौँडाको बुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

गण्डकी । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे)

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
 २०८०,जेष्ठ,१४,आईतवार ०७:३९