काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार र शनिवार देशका विभिन्न स्थानमा भएको वर्षा र हिमपातपछि देशभरको मौसम खुल्दै गएको छ ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसोको मौसम खुले पनि बिहान र रातको समयमा अझै केही समय चिसो रहिरहने मौसमविदहरुले बताएका छन् ।
काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । हिजो उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस थियो। आज दिउँसो काठमाडौंको तापक्रम बढेर १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया