२८ जेष्ठ २०८०, आईतवार

चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

२०७७,माघ,२६,सोमवार ०७:५०

0
Shares

काठमाडौं । रुपन्देहीको कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया सरस्वती हरिजनको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भएको थियो। उक्त घटनामा सन्दीपकुमार धोवीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। अभियुक्त धोवी जेल जीवन बिताइरहेका छन्।

तर, कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषीलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन। ०७५ साउन १० गतेको उक्त घटनाले सडकदेखि सदनसम्म तताएको थियो।

यस्तै, बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको पनि बलात्कारपछि हत्या भएको छ। तर, घटनाको पाँच दिनसम्म पनि सुराक नभेटिएपछि निर्मला प्रकरणजस्तै होला कि भनेर आशंका उब्जिएको छ।

यी तीन घटनाजस्तै पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०/७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६/७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ। अन्नपूर्ण पोष्टमा सुवास गोतामेले खबर लेखेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ०७:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली,

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

ताजा समाचार

हिमालमा पनि बढ्यो तापक्रम
 २०८०,जेष्ठ,२८,आईतवार ०७:२२
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१