२६ जेष्ठ २०८०, शुक्रवार

चोभार सुख्खा बन्दरगाह अन्तिम चरणमा

२०७७,माघ,२६,सोमवार ०६:३७

0
Shares

काठमाडौं । काठमाडाैंस्थित चोभारमा निर्माण थालनी गरिएको सुख्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको जिम्मेवारी पाएकोमा बन्दरगाहको अन्तिम चरणको काम शुरू भएको जानकारी समितिले दिएको छ ।

२०७५ माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गरेका थिए । डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि काम सम्पन्न नहुँदा गत वर्ष निर्माणका लागि १ वर्ष समयावधि थपिएको थियो ।

वैशाख १३ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि रहेकोमा थपिएको समयावधिभित्रै निर्माण सम्पन्न हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘तोकिएको समयमै हस्तान्तरण गर्नेगरी काम भइरहेको छ,’ उनले भने ।

हालसम्म सुक्खा बन्दरगाह निर्माणको ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शुरूमा स्थानीयको विरोध, पछि कोरोनाका कारण बीचमा लामो समय काम बन्द भएकाले काम केही ढिलो भए पनि अब फिनिसिङको मात्र काम बाँकी रहेकाले समयमै काम सकिने समितिका निर्देशक युवक डंगोलले बताए । ‘माटो परीक्षण, आरसीसी ढलान, जग र बिलडिङ निर्माणमा बढी समय लाग्छ,’ उनले भने, ‘अब फिनिसिङ बाहेकका काम सकिएकाले समयावधिभन्दा अघि नै सम्पूर्ण निर्माण काम सक्ने गरी काम भइरहेको छ ।’

कोलकाता र केरुङ नाकाबाट आएका सामानको भन्सार जाँच सीधै काठमाडौंमा गर्न मिल्ने गरी चोभार बन्दरगाह निर्माणको काम अघि बढाएको हो । सरकारले पहिले हिमाल सिमेन्टले उपभोग गरेको १०५४ रोपनी जग्गामा २२५ रोपनीमा सुक्खा बन्दरगाह र बाँकी ८ सय रोपनीमा अन्तरराष्ट्रिय प्रदर्शनी स्थल बनाउन लागेको हो ।

२०६७ मै सरकारले चोभारमा सुक्खा बन्दरगाह र अन्तरराष्ट्रिय प्रदर्शनी स्थल बनाउने योजना अघि सारेको थियो । यसअन्तर्गत २०६९ सालमै उक्त परियोजनाका लागि विश्व बैंकसँग २ अर्ब २५ करोड रकम सहुलियत ऋणका लागि सरकारले सम्झौता गरेको थियो । आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले खबर लेखेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ०६:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली,

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

ताजा समाचार

व्यापार घाटा  १२ खर्ब चार अर्ब
 २०८०,जेष्ठ,२६,शुक्रवार १४:४८