१४ जेष्ठ २०८०, आईतवार

प्रोजेक्ट दर्ता १८ प्रतिशतले घट्दा लगानी प्रतिबद्धता पनि घट्यो

२०७७,माघ,२६,सोमवार ०६:२८

0
Shares

काठमाडौं । नेपालमा वैदेशिक लगानीका प्रोजेक्ट दर्ता १८ प्रतिशतले घटेसँगै लगानी प्रतिबद्धता पनि घटेको छ । विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) लगायत कारण चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ६ महीनामा गतवर्षको यस अवधिको तुलनामा वैदेशिक लगानीका परियोजनाहरूको दर्ता संख्या घटेपछि लगानी प्रतिबद्धतामा पनि संकुचन आएको हो ।

गत आव २०७६/७७ को पुस मसान्तको तुलनामा प्रोजेक्ट दर्ता र लगानी प्रतिबद्धता दुवै घटेको उद्योग विभागको तथ्यांकले देखाएको छ । चालू आवको पुस अन्तिमसम्ममा नेपालमा १२३ ओटा वैदेशिक लगानीका प्रोजेक्टहरू दर्ता भएका छन् । विभागको तथ्यांकअनुसार यी दर्ता प्रोजेक्टमा २१ अर्ब ५७ करोड लगानी प्रतिबद्धता गरिएको छ । यी सबै प्रोजेक्ट सञ्चालनमा आउँदा ३ हजार ४८० जनाले रोजगारी पाउनेछन् । गतवर्षको यही अवधिमा यस्ता दर्ता प्रोजेक्टको संख्या भने १५० रहेको थियो । ती प्रोजेक्टमा कुल लगानी प्रतिबद्धता ४० अर्ब ६८ थियो ।

यी २ वर्षको तुलनामा २०७५/७६ भने प्रोजेक्ट दर्ता संख्या अधिक देखिए पनि लगानी भने न्यून नै रहेको थियो । उक्त वर्षको यो अवधिमा नेपालमा १९६ प्रोजेक्ट दर्ता भए पनि लगानी प्रतिबद्धता भने जम्मा १४ अर्ब १६ करोड रहेको थियो । आर्थिक अभियान दैनिकमा हिमा विश्वकर्माले समाचार लेखेकी छिन् ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ०६:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
 २०८०,जेष्ठ,१४,आईतवार ०७:३९