१४ जेष्ठ २०८०, आईतवार

मालदिभ्समा छ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ खोप दिइयो

२०७७,माघ,२५,आईतवार २०:२९

0
Shares

काठमाडौँ– माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सुरू गरेको पहिलो छ दिनमा छ हजार व्यक्तिलाई खोप लगाएको यहाँकोे स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गर्दै आइतबार स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

तथ्याङ्क अनुसार माल्दिभ्समा शनिवार दुई हजार ५७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोभिड–१९ विरूद्धको खोप लिने व्यक्तिको सङ्ख्या छ हजार ८५४ पुगेको छ । खोप लगाएकाहरूमध्ये पाँच हजार ५८८ व्यक्ति राजधानीका रहेका र एक हजार २६६ राजधानी बाहिरका क्षेत्रका रहेको एचपीएको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच माल्दिभ्समा शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १०९ रहेको र शनिबारसम्म कूल दुई हजार ३९ व्यक्तिमा सक्रिय सङ्क्रमण रहेको छ भने २०७ जनालाई कोभिड–१९ सङ्क्रमण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । माल्दिभ्समा अहिलेसम्म कूल १६ हजार ६५६ व्यक्तिमा काभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये १४ हजार ५५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् भने ५४ सङ्क्रमितको मृत्यु भएको छ ।

माल्दिभ्स सरकारले आफ्ना सबै नागरिकलाई कोभिड–१९ विरूद्धको खोप निःशुल्क उपलब्ध गराउने र आगामी छ महिनामा सबैलाई खोप लगाईसक्ने बताएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार २०:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०