१४ जेष्ठ २०८०, आईतवार

सञ्चारकर्मीहरुलाई माघ २६ गतेबाट कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय

२०७७,माघ,२५,आईतवार १७:५१

0
Shares

काठमाडौं । सरकारले सञ्चारकर्मीहरुलाई पनि भोली (माघ २६) बाट कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलीबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिएका हुन् । आईतवार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यंक्रममा बोल्दै उनले नेपाल पत्रकार महासंघमा आवद्ध १३ हजार भन्दाबढि पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारे ।

काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मन्त्री गुरुङले जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सरकारले उच्च प्राथमिकता दिएर निःशुल्क खोप लगाउने व्यवस्था गरेको बताए ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आईतवाार पत्राचार गरी ‘माघ २६ गतेदेखि पाँच दिनका लागि अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि कोभिड १९ विरुद्धको खोप अभियान शुुरु हुने भएकाले खोप प्राप्त गर्नुपर्ने सम्पूर्ण सञ्चारकर्मीहरुको विवरण खोप सचिवालय स्वास्थ्य सेवा विभागमा उपलब्ध गराई दिन र आवश्यक समन्वय गरि दिनुु हुन अनुरोध’ गरेको छ ।

मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारहरुका लागि राहतको व्यवस्था गर्ने उल्लेख गर्दै आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघलगायतका सम्बन्धित संघ, संगठनहरुलाई आग्रह गरे ।

 

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १७:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भुमिराज पिठातोली- बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०