२८ जेष्ठ २०८०, आईतवार

हुम्लामा हावाहुरीका कारण हवाई सेवा ठप्प, विद्युत पनि अवरुद्ध

२०७७,माघ,२५,आईतवार १७:४५

0
Shares

हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एक मात्र यातायात साधन हवाई सेवा ठप्प भएको छ । हिजो शनिवार रातिदेखि चलेको हावाहुरीका कारण नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण हवाई उडान गर्न नसकेका हुन् ।

जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि नियमित चलेको हावाहुरीका कारण बिहानैदेखि उडान हुन नसक्दा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका सिमकोट विमानस्थलले जानकारी दिएको छ । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन् ।

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोका सामान पनि ढुवानी हुनसकेको छैन ।

विद्युत् सेवा पनि अवरुद्ध

तीव्र चलेको हावाहुरीले आज आइतवार बिहानदेखि हिल्दुम वितरण केन्द्रले अप्रिय घटना नहोस् भनेर विद्युत् सेवा बन्द गरेको छ । शनिवार रातिदेखि चलेको हुरीले सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउाँपालिकासहित खार्पुनाथ गाउँपालिकाका सेवाग्राही प्रभावित भएका छन् । विद्युत सेवा बन्द हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय तथा सिमकोटमा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसायीलाई समेत समस्या बनाएको छ ।

तीव्र चलेको हावाहुरीका कारण विद्युतका तार जुधेर आगजनी हुनाका साथै कतै अप्रिय घटना नघटोस् भनेर यो सेवा बन्द गरिएको हिल्दुम वितरण केन्द्रका कर्मचारी विर्ष दमाईंले जानकारी दिए । हावा बिस्तारै कम हुँदै गएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने उनले बताए ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १७:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०