२२ जेष्ठ २०८०, सोमवार

ल्होछारका अवसरमा तीन दिन सार्वजनिक बिदा

२०७७,माघ,२५,आईतवार १५:१७

0
Shares

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ ।

गाउँपालिकाले यही माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिएका हुन् ।

गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ । ती समुदायले यही माघ ३० गते विशेष पर्वको रुपमा २८५७ औं लाङ म्हे(गाई वर्ग) ल्हो सोनामा ल्होछार मनाउँदै छन् ।

गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ती रहेकोले यसको संरक्षण र प्रवर्द्धन गर्न सार्वजनिक बिदा दिने घोषण गरिएको बताए ।

बनेपा–काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ ९म्हे० सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँसभाले यही माघ २९, ३० र फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताए ।

सोनाम ल्होछारको प्रवर्द्धन र विकास गर्नु स्थानीय सरकारको दायित्व भएकोले सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए ।

गाउँपालिकाले गाउँपालिकास्तरीय ल्होछार साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । यसअघि नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले पनि ल्होछारको अवसरमा तीन दिन सार्वजनकि बिदा दिने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०