२२ जेष्ठ २०८०, सोमवार

स्थानीय स्रोत र साधनको उचित प्रयोग गर्न नसक्दा विकासमा पछि परेका हौँ : वरिष्ठ उपाध्यक्ष ढकाल

२०७७,माघ,२५,आईतवार १४:२९

0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताएका छन् ।

शनिवार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले मुलुकभित्र अथाह प्राकृतिक श्रोत र साधनहरु हुँदाहुँदै पनि देश विकास र सम्मृद्धिको यात्रामा पछाडि परेको बताए । ‘हामीसँग प्रसस्त मात्रामा प्राकृतिक श्रोत र साधनहरु छन् । हामीले हाम्रा वन पैदावर, खनिज तथा अन्य प्राकृतिक श्रोत साधनलाई सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनौ । यी उपलब्ध श्रोत तथा साधनको सहीरुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र सम्मृद्धि असम्भव छैन । यसकालागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ ।’ उनले भने ।

उनले तीनतहको सरकारको सहयोग र सहकार्य भएमा प्राकृतिक श्रोत उत्खनन् तथा प्रशोधनमा निजी क्षेत्र राज्यसँग सहकार्य गर्न तत्पर रहेको बताए । सानोभन्दासानो कम्पनीको आईपीओ आउँदा मुलुकभित्रबाटै ठूलो लगानीको प्रस्तावहरु आउने गरेको बताउँदै उनले मुलुकमा लगानीको वातावरण बनेमा लगानीको श्रोतको समस्या नभएको बताए ।

कार्यक्रममा ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका समयमा गरिएका वाचाहरु पुरा गर्न आफू दृढ रहेको समेत बताए । ‘हुन त स्थानीय समस्याहरु समाधान गर्न तपाईहरु स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ । तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरु पुरा गनेर्छौं । तपाईहरुले भोगेका समस्याहरुको समाधानकालागि पहल गर्नेछौंँ र ती समस्या समाधान गर्नेछौंँ ।’ उनले भने ।

नीजि क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले निजी क्षेत्र व्यवसायिकमात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने बताए ।

निजी क्षेत्रलाई विकासको साझेदारको रुपमा हेर्ने हो भने हामीले धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रुपमा काम गर्न उनले बताए । ।

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १४:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

हेमन्त केसी – जाजरकोट । पन्ध्र शय्याको अस्पताल निर्माण शुरु गरिएको जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल भवन पहिरोका कारण अलपत्र

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विषयले संसदमा हंगामा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा नागरिकता विधेयक प्रमाणीकरणबारे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण र नागरिकता विधेयकबारे संसदमा जवाफ दिएका छन् । सोमबार बसेको बैठकमा बोल्दै

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०