काठमाडौं । अष्ट्रेलियाको दबावमा आएर गूगलले अन्त्यमा हार मानेको छ ।
गूगलले अष्ट्रेलियाका ७ ठूला मिडिया संस्थानलाई समाचारको बदलामा पैसा दिनुपर्ने भएको छ ।
अमेरिकी टेक कम्पनीले शुक्रवार न्यूज शोकस नामको एक प्लेटफर्म पनि लञ्च गरेको छ ।
जसमा समाचारको लागि भुक्तान गरिएको छ ।
रिपोर्टका अनुसार न्यूज शोकेसलाई गत वर्ष गूगलले जूनमा बाजिल र जर्मनी भन्दा पहिल्यै रोल आउट गरेको थियो ।