१४ जेष्ठ २०८०, आईतवार

पेशागत महासंघमा थापा

२०७७,माघ,२५,आईतवार १२:३२

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पेशागत महासंघ नेपाल (कोनेप) को राष्ट्रिय भेलाले शिक्षक नेता बाबुराम थापाका संयोजकत्वमा केन्द्रीय कमिटी पुनर्गठन गरेको छ ।

महासंघका संयोजक विश्वनाथ प्याकुर्‍याललाई जिम्मेवारी मुक्त गर्दै भेलाले नेपाल शिक्षक महांघका अध्यक्ष एवम् नेकपाका केन्द्रीय सदस्य थापालाई चयन गरेको हो । भेलाले सहसंयोजकमा दयाराम बस्याललाई चयन गरेको छ भने केन्द्रीय सदस्य सङ्ख्या विस्तार गरी २७५ बनाएको छ ।

विभिन्न २३ घटक संस्था र ६२ जिल्ला कमिटी रहेको महासंघका काठमाडौं उपत्यका प्रदेशसहित आठ प्रदेशका नेतृत्व पनि हेरफेर भएकाले अब आफूहरु गतिशीलताका साथ अघि बढ्ने संयोजक थापाले जानकारी दिए । भेलाको हिजो शनिवार नेकपाका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १२:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

हेटौँडा । १६ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आज हेटौँडाको बुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
 २०८०,जेष्ठ,१४,आईतवार ०७:३९