२२ जेष्ठ २०८०, सोमवार

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

२०७७,माघ,२५,आईतवार १२:२३

0
Shares

काठमाडौं । चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उनीहरुबीच हिजो (शनिवार) फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच शनिवार फोनमा कुराकानी भएको बताइएको हो । सो फोनका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै दुई देशको आपसी हितका बारेमा विभिन्न कुराकानी भएको बताइएको छ । यतिखेर चीनको अमेरिकासँगको सम्बन्ध एक महत्वपूर्ण स्थानमा उभिएको छ र आगामी दिनमा पनि यी दुई देशबीचमा महत्वपूर्ण सम्बन्ध अघि बढ्ने चिनियाँ विदेशमन्त्रीले बताएका थिए ।

चीनले चीन र अमेरिकाबीचको सम्बन्ध पारस्पिारिक हित र सम्मानका साथ हुनुपर्ने भन्दै आगामी दिनमा पनि यस्तै सम्बन्ध चाहेको जानकारी गराएको चिनियाँ विदेशमन्त्री जियचीले जानकारी दिए ।उनले चीन अमेरिकासँगको सम्बन्ध सधैँ एकनासको र आपसी सम्मानका आधारमा कायम गर्न चाहेको भन्दै आगामी दिनमा पनि यस्तै एकनासको सम्बन्धका पक्षमा चीन रहेको जानकारी पनि उनले दिएका थिए ।

चीनले अमेरिकालाई उसले विगतका गल्तीहरु सच्याओस र आगामी दिनमा पनि विना कुनै तनाव असल र सुमधुर सम्बन्धको विकास गरोस् भन्ने चाहेको पनि आफूले सो वार्ताका क्रममा अमेरिकासँग आग्रह गरेको पनि चिनियाँ विदेशमन्त्री जियचीले बताएको समाचारमा जनाइएको छ । चीनले अमेरिकालाई आफ्ना दुई देशका बीचको हित र आवश्यकताको महत्वका साथै आ–आफ्नो राजनीतिक प्रणालीको छनोटको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएको पनि त्यस अवसरमा उनले बताएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस वार्ताका क्रममा उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले पनि अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्ध यी दुई दशेका लागि मात्र होइन कि विश्वका अरु पनि कैयौँ देश एवं विश्वका लागि नै महत्वपूर्ण रहेको धारणा राखेका थिए । उनले अमेरिका चीनसँग स्थायी र रचनात्मक रुपमा सम्बन्ध राख्न चाहेको र आगामी दिनहरुमा पनि अमेरिकाले चीनसँग कैयौँ मुद्दामा सँगै मिलेर अघि बढ्ने पनि बताएको पनि सो समाचारमा उल्लेख गरिएको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १२:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

काठमाडौं । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०