भोलिदेखि कूटनीतिक नियोग,संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारलाई कोरोनाको खोप लगाइने

काठमाडौं । भोलि (सोमवार)देखि सरकारले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने भएको छ ।

उपत्यकाका चार अस्पतालबाट भन्डै १९ हजार कुटनीतिक नियोग र सयुक्त राष्ट्र संघ लगायत पत्रकारलाई कोरोना खोप दिइने भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

टिचिङ अस्पताल, गंगालाल हृदयरोग , पाटन अस्पताल र सिभिल अस्पताल, बाट क्रमशः कूटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्र संघका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउने व्यबस्था मिलाइएको छ ।

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?