काठमाडौं । विश्वमा कोरोना संक्रमित हुनेको संख्या एक महिनामा ५० प्रतिशतले कमी भएको छ ।
६ जनवरीमा सारा विश्वमा ८ लाख ४५ हजार भन्दा धेरै संक्रमित भेटिएका थिए । जो ६ फेब्रुअरीमा आएर ४ लाख ९५ हजार भयो । मृत्युमा पनि २० प्रतिशतले कमी आएको छ ।
जनवरमिा हरेक दिन १५ हजारको हाराहारीमा संक्रमितको मृत्यु भएको थियो भने, अहिले १० देखि १३ हजारको मृत्यु भएको छ । अमेरिकामा अहिले पनि हरेक दिन १ लाख भन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार त्यहाँ १ लाख ५ हजार संक्रमित भेटिए ।
पहिलेको तुलनामा भने अमेरिकामा पनि कोरोना संक्रमितको संख्या घटीरहेको छ ।