२६ जेष्ठ २०८०, शुक्रवार

इतिहासमा आज : एक व्यक्तिको गल्तीले फुटेको थियो फूलदानी, जसलाई जोड्न १०३ वर्ष लाग्यो

२०७७,माघ,२५,आईतवार ११:०२

0
Shares

काठमाडौं । इंग्ल्याण्डको राजधानी लण्डनमा ब्रिटिश म्यूजियम छ ।

यो म्यूजियममा दुई हजार वर्ष पुरानो फूलदानी राखिएको थियो । आज पनि त्यहाँ एउटा सानो निशानी छ । जसले यसको नराम्रो इतिहासको बारेमा हरेक दिन याद दिलाउँछ ।

यो दुई हजार वर्ष पुरानो पोर्टल्याण्ड वास एक रक्सीले मातेका व्यक्तिको गल्तीले झरेर फुटेको थियो । र यो ८० वटा भन्दा धेरै टुक्रामा परिणत भएको थियो । आजकै दिन १८४५ मा ब्रिटिश म्यूजियममा विलियम फ्लोयड गएका थिए ।

फ्लोयड एकदम नसामा थिए, र ग्लास केससँग ठोक्किए । यहि ग्लास केसमा यो फूलदान राखिएको थियो । फ्लोयडलाई गिरफ्तार गरिएको थियो । जब उनलाई अदालतमा पेश गरियो तब, उनका वकीलले ५ पाउण्ड भन्दा धेरैकको सामान फुटेकोमा यो कानून लागू नहुने बताए । त्यसमा उनलाई ग्लास केस फुटाएकोमा ३ पाउण्डको जरिबाना लगाइयो ।

पछि उनको नाम विलियम मुलकाही भएको पत्रा लाग्यो । तर उनीविरुद्ध केहि पनि कारबाही गरिएन ।

किनभने उनी मानसिक रोगी थिए । १८४५ मा फूलदानी फुट्दा त्यहि बेला जोडियो । तर राम्रोसँग जोडिएन । यसलाई राम्रोसँग जोड्न १०३ वर्ष लाग्यो ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ११:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेरिस । फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले

टेक्सास । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा २१ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३