काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् ।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका हुन् ।