२२ जेष्ठ २०८०, सोमवार

दाना सबस्टेसन: विद्युत विकासमा नयाँ आयाम

२०७७,माघ,२५,आईतवार ०७:१३

0
Shares

पर्वत । कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको कुस्मामा र म्याग्दीको दानामा रहेको सबस्टेसन र उक्त दुई सबस्टेसनलाई जोड्ने ३९.६० किलोमिटर लामो २२० केभी प्रसारण लाइन तयार भएपछि विद्युत् विकासमा नयाँ आयाम थपिएको छ ।

मुलुककै दोस्रो ठूलो उक्त सबस्टेसनको बिहीबार मात्र उद्घाटन गरिएको हो । अब उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा लैजान सजिलो भएको छ भने नयाँ उत्पादनका लागि लगानी आकर्षण गर्न पनि सहज हुने भएको छ ।

आयोजनाका अनुसार कालीगण्डकी प्रसारण लाइनको दाना कुस्मा खण्ड र कुस्मा तल्लो मोदी १३२ केभी प्रसारण लाइन सम्पन्न भएकाले कालीगण्डकी नदी बेसिनबाट अहिले उत्पादन भइरहेको र पछि उत्पादन हुने बिजुली प्रसारण गर्न सहज हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको विश्वास छ ।

कालीगण्डकी बेसिनअन्तर्गत हाल थापाखोला जलविद्युत् आयोजनाबाट १३.६ मेगावाट, घलेम्दी हाइड्रोबाट पाँच मेगावाट, मिस्ट्रिखोला जलविद्युत् आयोजनाबाट ४२ मेगावाट बिजुली उक्त प्रसारण लाइनमा आबद्ध गरिएको छ । यसले निजी उत्पादकलाई निकै सहज भएको शाक्य बताउँछन् । हाल उत्पादनको निर्माणाधीन ७० मेगावाट क्षमताको नीलगिरि–१, ४० मेगावाटको नीलगिरि–२, छ मेगावाटको रेलेखोला र कालीगण्डकी गर्जलगायतका आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न पनि यो लाइन प्रयोग हुनेछ । गोरखापत्र दैनिकमा राधा चालिसेले खबर लेखेकी छन् ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ०७:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०