१४ जेष्ठ २०८०, आईतवार

विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन, फागुन ३ मा हुने प्रदर्शनलाई प्रभावकारी बनाउन अपिल

२०७७,माघ,२५,आईतवार ०७:०७

0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ। कांग्रेसका शुभेच्छुक संगठनहरूको अगुवाइमा मौन जुलुससहित विरोध प्रदर्शन गरिएको हो।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन्। प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै आएको छ। विघटनविरुद्ध कांग्रेसले निरन्तर प्रदर्शन गर्दै आएको छ। यसै शृंखलाअन्तर्गत कांग्रेसले शनिबार शुभेच्छुक संगठनहरूको अगुवाइमा प्रदर्शन गरेको हो।

सबैजसो जिल्लामा प्रदर्शनकारीले विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार मुलुकमा राजनीतिक स्थायित्व दिन असफल भएकोजस्ता प्लेकार्ड बोकेका थिए। राजधानी काठमाडौंमा भने प्रदर्शनकारीले टुँडीखेल घेरेर मौन प्रदर्शन गरे। नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघसहितका शुभेच्छुक संस्थाहरूको आह्वानमा भएको प्रदर्शनमा सहभागीले ‘संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई आहत, महामारीमा पनि पाइएन राहत’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। प्रदर्शनकारीले बेरोजगार बिमा लागु गर्नुपर्ने, सबै श्रमिकको स्थानीय तहमा पञ्जीकरण गर्नुपर्ने माग लेखिएका प्लेकार्ड पनि बोकेका थिए।

कांग्रेसले अब फागुन ३ गते जिल्ला कार्यसमितिको अगुवाइमा विरोध प्रदर्शन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन ३ गतेको विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन अपिल गरेका छन्। नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ०७:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०