नियन्त्रण गुमाउँदै सेयर बजार, गैरकानुनी कारोबारमा भएन कारबाही

काठमाडौं : कोरोना महामारी र राजनीतिक संकटको दुष्चक्रमा फसेको अर्थतन्त्र लयमा फर्किन लामो समय कुर्नुपर्ने अनुमान चलिरहेको छ। तर, यही अर्थतन्त्रको ऐना मानिने सेयर बजार लगातार उकालो लाग्दै छ। बढ्दो सेयर बजारले लाखौं नेपालीको सम्पत्ति दुगुना बनाउन सघाएको ‘पारखी लगानीकर्ता’ बताउँछन्। केही विश्लेषक भने अब सेयर बजार अनियन्त्रित हुन थालेको बताउँछन्।

‘सरकार र नियामक निकायले यसरी नै खुला छाडिरहने हो भने सेयर बजार स्वाभाविक स्तरभन्दा धेरै टाढा पुग्छ’, विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘जुन कुरा बजारका ९५ प्रतिशतभन्दा धेरै लगानीकर्ताका लागि घातक हुन सक्छ।’

धितोपत्र कारोबारसम्बन्धी कानुनले यसरी कुनै पनि कम्पनीको आन्तरिक सूचनाका आधारमा सेयर किनबेच गर्न नपाइने व्यवस्था गरेका छन्। धितोपत्र बोर्डले पटक–पटक सूचना निकालेर यस्तो गैरकानुनी कारोबार नगर्न आग्रह गर्दै आएको छ। तर, न नियामकले यस्तो कारोबारको नियमन गरी कारबाही गर्न सकेको छ न त नियम पालना नै भएको छ।

मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ आउँदै छ भन्ने हल्ला फैलिएपछि एक महिनाअघि ३ सय २५ रुपैयाँमा पाइने यो कम्पनीको सेयरको भाउ साढे ४ सय पुगेको छ। दुई महिनाअघि २  सय ८० रुपैयाँ रहेको एनसीसी बैंकको सेयर नबिलसँग मर्ज हुँदै छ भन्ने हल्ला चलाएर ३ सय ७० रुपैयाँसम्म पुर्‍याइएको थियो। यो कम्पनीको भाउ घटेर ३ सय १५ रुपैयाँमा झरिसक्यो। १ सय ७५ रुपैयाँको सिभिल बैंकको सेयरलाई हिमालयन बैंकसँग मर्जरमा जान लागेको हल्ला फिँजाएर २ सय ४० रुपैयाँसम्म पुर्‍याइएको थियो। यो पनि अहिले घट्दो प्रवृत्तिमै छ।

नागरिक लगानी कोषले स्टक डिलर लिएपछि त झनै सजिलो भएको छ। कुनै पनि सूत्रबाट स्टक डिलरले कुन कम्पनीको सेयर किन्दै छ भन्ने जानकारी लिने र त्यही सेयर पहिले नै आफूले किनिहाल्ने परिपाटी विकास भएको ब्रोकर र लगानीकर्ता बताउँछन्। आजको अन्नपूर्ण पोष्टमा विनय बञ्जाराले खबर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?