२८ जेष्ठ २०८०, आईतवार

ओली र हामीलाई उस्तै भन्दा अन्याय हुन्छ : दाहाल

२०७७,माघ,२५,आईतवार ०६:३८

0
Shares

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताएका छन्।  मिडिया एलाइन्सका प्रतिनिधिसँग शनिबार काठमाडौंमा भएको अन्तर्कियामा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

दाहालले प्रधानमन्त्री ओली लोकतन्त्रलाई कुल्चेर प्रतिगमन र सर्वसत्तावादको बाटोमा हिँडेको आरोप लगाउँदै आफूहरू लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा लागेको बताए।

उनले भने, ‘त्यसैले ओलीसँग हामीहरूलाई तुलना गरिए अन्याय हुन्छ।’ अध्यादेश जारी गर्नेदेखि संसद् विघटनसम्मका ओलीका कदमलाई ‘जंगली राज’ को सुरुवात भन्दै दाहालले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलसँग प्रतिनिनिधसभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको बताए।

फागुन पहिलो साताभित्र संयुक्त आन्दोलनमा जाने विषयमा टुंगो लाग्ने भन्दै उनले अहिलेको परिस्थिति आउनुमा ओली नै दोषी रहेको बताए। उनले यस्तो अवस्था आउनुमा आफूहरूको पनि कमजोरी भए आत्मसमीक्षा गर्ने बताए। मुलुकमा उत्पन्न असहज राजनीतिक परिस्थितिबारे चाँडै नै श्वेतपत्र जारी गर्ने जानकारी पनि उनले दिए। दाहालले जनयुद्धदेखि गणतन्त्रसम्मको यात्रामा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको औंल्याए। सञ्चारमाध्यमको भूमिकाको प्रशंसा गर्दै दाहालले भोलिका दिनमा पनि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए। नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ०६:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली,

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०