२६ जेष्ठ २०८०, शुक्रवार

विभिन्न ठाँउमा भएको सवारी दुर्घटनामा परि ९ जनाको मृत्यु

२०७७,माघ,२४,शनिवार १७:२१

0
Shares

काठमाडौं । विभिन्न ठाँउमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।सवारी दुर्घटना सुनसरी, चितवन, रुपन्देही, सिन्धुली, मोरङ, दाङ र मकवानपुरका विभिन्न स्थानमा भएको प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिका ३ मक्रानचुलीस्थित सडकमा ना ७ ख ३८३ नंको ट्याक्टरको ठक्करबाट ७० वर्षीया जुनकिरी परियारको आज (शनिवार) बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सन्चो अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिक २ आपगाछीस्थित सडकमा प्रदेश १ ०२ ०४४ प १२५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ६५ बर्षीय कुबेर मल्ल र उनका छोरा ३५ बर्षीय नुर्जन मल्लको हिजो शुक्रवार दिउँसो मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

चितवन, भरतपुर महानगरपालिका १५ कान्छीचोकस्थित सडकमा ग ३ च १९०४ नम्बरको बलेरोको ठक्करबाट साईकलयात्री ७० बर्षीय गगन राज रेग्मीको हिजो शुक्रवार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  बलेरो चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका १७ ठठरियास्थित सडकमा लु १ त ९१७७ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रवार बिहान दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका ३ करवानीका २३ बर्षीय मुन्ना जोगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका ५ सिमरास पाखास्थित सडकमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रवार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार मरिण गाउँपालिका २ रातामाटा बस्ने २५ बस्ने प्रताप लोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  ट्याक्टर चालकलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मोरङ सुन्दरहरैचा नगरपालिका ७ सलकपुर चोकस्थित सडकमा प्र २ ०३ ००१ ख १९७६ नम्बरको मिनिट्रकले प्र १ ०२ ०४० प ७४६९ नम्बरको स्कुटरलाई शुक्रवार राति ठक्कर दिंदा स्कुटर चालक ३५ वर्षीय अजय लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ईटहरी सामुदायिक अस्पताल हुँदै न्युरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका(२ नौबस्तास्थित सडकमा रा १ त ३४४१ नम्बरको ट्याक्टर र रा ६ प १४३४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रवार राति दुर्घटना हुँदा मोटरसाइकल सवार दंगिशरण गाउँपालिका ३ रावत गाउँका  २६ वर्षीय दिनेश खड्का र २५ वर्षीय विबेक थापाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दंगिशरण गाउँपालिका(३ रावत गाउँ बस्ने २४ वर्षीय आकाश कँडेलको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १७:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एन आई सी एशिया क्यापिटलले “आईडिया टु आईपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आपिओ

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ । उक्त सम्झौता अन्र्तगत

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

दाङ । दाङमा  गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द

ताजा समाचार