२२ जेष्ठ २०८०, सोमवार

४०४ औँ हप्तामा वाग्मती सफाइ महाअभियान

२०७७,माघ,२४,शनिवार १५:२३

0
Shares

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४०४ औँ हप्तामा आलोकनगर शिव मन्दिर नजिकैको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन् ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नवनियुक्त आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौं महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, नेपाली सेनाको चण्डी दल गण सिंहदरबार, एस ट्राभल्स, पहिलो पाइला, काठमाडौं महानगर फोहर व्यवस्थापन विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, आलोकनगर समुदाय, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त आयोजना प्रमुख बोहरालाई वाग्मती सफाइ महाअभियानले स्वागत गरेको छ । कार्यक्रममा समितिका अध्यक्ष तिमल्सिना र आयोजना प्रमुखले वाग्मती नदी छिटोभन्दा छिटो स्वच्छ बनाउने दृढता व्यक्त गरेका थिए । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान जारी छ । वाग्मतीसँगै उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ । यसबाट प्रभावित भई हाल देशभर १०६ स्थानमा सफाइ भइरहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १५:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०