बम आक्रमणमा परि एक प्रहरीको मृत्यु, ६ घाइते

RSS
0
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा छुट्टा छुट्टै इलाकामा भएको दुई ओटा बम आक्रमणमा परी एक प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य ६ जना सर्वसधारण घाइते भएका प्रहरी स्रोतले प्रष्ट पारेको छ ।

स्थानीय जिल्लाको खिरखाना पुलिसचौकीनजिकै ट्रकमा रहेको बम विस्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ । यस विस्फोटमा परी एक गाडी र अन्य थुप्रै पसलहरू ध्वस्त भएका पनि प्रहरी स्रोतले जनााइएको छ ।

शनिवार नै शोरबाजार इलाकामा भएको बम विस्फोटमा परी ६ जना सर्वसाधारण नागरिक घाइते भएका काबुल प्रहरीका प्रवक्ता फरदस फरमर्जले बताएका छन् । यस आक्रमणहरुको कुनै पनि समूहले जिम्मा भने लिएको छैन ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?