२२ जेष्ठ २०८०, सोमवार

ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

२०७७,माघ,२४,शनिवार १४:५४

0
Shares

मकवानपुर । मकवानपुरगढीमा आज शनिवार बिहान ट्रयाक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–३ बस्ने ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज बिहान मकवानपुरढीबाट मक्रान्चुलीतर्फ जाँदै गरेको ना७त ३८३ नंको ट्र्याक्टरको ठक्करबाट परियार गम्भीर घाइते भएका थिए । उनको हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने ट्र्याक्टर र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १४:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०