१४ जेष्ठ २०८०, आईतवार

राष्ट्रियसभाका अध्यक्षद्वारा महादेवको मूर्ति अनावरण

२०७७,माघ,२४,शनिवार १३:२७

0
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज (शनिवार) म्याग्दी जिल्लाको प्रवेशद्वार कालीपुल बसपार्कमा स्थापना भएको महादेवको मूर्ति अनावरण गरेका छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ स्थापना भएको ५०औँ वर्षका अवसरमा सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनका अवसरमा अनावरण गरिएको हो । तीन लाखको लागतमा निर्माण भएको मूर्ति १० फिट अग्लो भएको सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।

“उद्योग वाणिज्य सङ्घको ५०औँ वर्षगाठ मनाउने क्रममा धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले महादेवको मूर्ति स्थापना गरेका हौँ”, उनले भने, “म्याग्दी र मुस्ताङ जाने आउने पर्यटकले बेनीको पहिचानस्वरुप यहाँ तस्बिर खिच्न सक्छन् ।”

कालीपुल बसपार्क म्याग्दीको मुख्य प्रवेशद्वार हो । कालीपुल बसपार्क भएर मुस्ताङ जाने आउने सवारी साधन आवतजावत गर्छन् । स्तम्भको माथिल्लो भागमा शिव ध्यान बसेको आकृतिको आकर्षक मूर्ति राखिएको सङ्घका महासचिव लीलाराम गौतमले जानकारी दिए ।

विसं २०७७ असोज १९ गते बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले मूर्तिको शिलन्यास गरेका थिए । अध्यक्ष तिमिल्सिना सङ्घको ११औँ अधिवेशनका उद्घाटन समारोहमा सहभागी हुन बेनी आएका हुन् । अधिवेशनबाट सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १३:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भुमिराज पिठातोली- बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

महोत्तरी । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको प्रत्येक पाँच वर्षमा हुने महापूजा तयारीले जलेश्वरको चहलपहल बढाएको

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०