९ चैत्र २०७९, बिहीवार

वेवास्ताले धरानको सप्तरंगी पार्क जीर्ण बन्दै

२०७४,आश्विन,१८,बुधबार ०५:५२

0
Shares

—अजितकुमार झाइनरुवा, १८ असोज ।सुनसरीको धरान उपमहानगरपालिकामा रहेको सप्तरंगी पार्क जीर्ण बन्दै गएको छ ।पूर्वकै पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि करोडौँको लगानीमा निर्माण गरिएको सप्तरंगी पार्क अहिले बालुवामा पानी हाले सरह भएको छ ।पर्यटकलाई आकर्षण गर्नका लागि निर्माण गर्न थालेको पार्कको निर्माण बिचमै रोकिँदा निर्माण गरेका भौतिक सम्पदा समेत जीर्ण बन्दै गएका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१७ मा २०५५ सालमा देशकै नमूना पर्यटकीयस्थलको रुपमा सप्तरंगी पार्क निर्माण कार्य शुरु गरिएको थियो ।सबै जातिलाई समेटेर जातीय पहिचान झल्काउने संस्कृतिको निर्माण, बाल उद्यान, विभिन्न प्रतिष्ठित व्यक्तित्वको शालिक, विभिन्न भगवानका शालिक, मण्डला घरलगायत पूर्वाधार निर्माण गर्ने उद्देश्यले बिना गुरुयोजना निर्माण शुरु गरिएको सप्तरंगी पार्कका भौतिक संरचना नष्ट हुन थालेको स्थानीय रोहित राईको भनाइ छ ।रु पाँच करोड लगानी गर्ने उद्देश्यका साथ शुरु गरिएको सो पार्कमा कुनै गुरुयोजनाअनुसार काम सुचारु नभएकाले निर्माण सम्पन्न हुन नसकेको हो । अहिलेसम्म करिब रु अढाई करोडभन्दा बढी खर्च भएपनि निर्माण कार्य सम्पन्न नहुँदा निर्माण भएको संरचनासमेत जीर्ण बन्दै गएका छन् । स्थानीय सरकारले संरक्षणका लागि बजेट विनियोजन गर्न नसक्दा समस्या भएको पार्कका चौकीदार सीताराम राईले बताए ।गुरुयोजना बिना तत्कालीन नगरपालिकाले विकास खर्च काटेर शुरु गरेको सप्तरंगी पार्क निर्माण सम्पन्न हुनुअगावै लथालिंग भएको छ । पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना बनाउने तयारी भइरहेको १७ नम्बर वडाध्यक्ष मनोज भट्टराईले बताउछन ।निर्माणका लागि विभिन्न दातासँग रकम संकलन गरी थाती रहेको कामलाई निरन्तरता दिने भनिए पनि सम्बन्धित निकाय मौन रहेको पाइएको छ ।पार्क निर्माणमा सम्बन्धित निकायको ध्यान नपुग्दा १३ बिगाहा जमिनमा फैलिएको सप्तरंगी पार्कको अवस्था नाजुक बन्दै गएको छ । त्यसैले निर्माण थालिएको पार्कको निर्माण कार्यमा समयमै सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१८,बुधबार ०५:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००