१४ जेष्ठ २०८०, आईतवार

बेनी खानेपानीमा नयाँ नेतृत्व

२०७७,माघ,२४,शनिवार ०८:४०

0
Shares

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन भएका छन् । शुक्रबार सम्पन्न २१ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा रमेश गिरी, सचिवमा राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा टङ्क हमाल चयन भएका छन् । सदस्यमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा, सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ चयन भएका छन् । अधिवेशनको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।

उनले संस्थाले बजारवासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा यस संस्थाले बेनी नगरपालिका, ७ र ८ बेनी बजार र वडा नम्बर २ हाँडेभिर क्षेत्रमा गरी एक हजार ६७ घरधुरीका करिब २० हजार जनसङ्ख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराईएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले संस्थाको सम्पूर्ण पक्षको बारेमा सचिव गिरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैबीच साधारणसभाले खानेपानीको महशुल शुल्कको समेत नयाँ दररेट निर्धारण गरेको छ । प्रतिमहिना १० युनिटसम्म न्यूनतम २२० शुल्क निर्धारण भएको छ । एघारदेखि २० युनिटसम्म प्रतियुनिट २४, २१ देखि ३० युनिटसम्म प्रतियुनिट २६, ३१ देखि ४० युनिटसम्म प्रतियुनिट २८, ४१ देखि ५० युनिटसम्म प्रतियुनिट ३० र ५१ युनिटदेखि माथि प्रतियुनिट ३२ का दरले शुल्क निर्धारण भएको कार्यालयका प्रबन्धक यामबहादुर विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार ०८:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

महोत्तरी । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको प्रत्येक पाँच वर्षमा हुने महापूजा तयारीले जलेश्वरको चहलपहल बढाएको

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०