२२ जेष्ठ २०८०, सोमवार

कक्षा ११ को परीक्षाको सबै अधिकार विद्यालयलाई

२०७७,माघ,२४,शनिवार ०८:२१

0
Shares

काठमाडौँ ।  कक्षा  ११    मा    अध्ययनरत    विद्यार्थीको    अन्तिम  परीक्षा  सम्बद्ध  विद्यालयले  नै  सञ्चालन  गर्ने  भएका  छन्  ।  राष्ट्रिय  परीक्षा  बोर्डले  यसै  शैक्षिक  सत्रमा  कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम  परीक्षा  विद्यालयले  नै  गर्ने  स्पष्ट गरेको छ ।

बोर्डका  अध्यक्ष  प्रा.डा.  चन्द्रमणि  पौडेलले  बोर्डले  अन्तिम  परीक्षा  सञ्चालन गर्ने अधिकार विद्यालयलाई नै  हस्तान्तरण  गरेको  जानकारी  दिए । अब पठनपाठन, आन्तरिक परीक्षा, अन्तिम परीक्षा र नतिजा प्रकाशन समेतको  जिम्मेवारी  विद्यालयलाई  आएको छ । बोर्डका अध्यक्ष गौतमले भने, “नेपाल सरकारले कार्यविधि परिवर्तन गरेबाहेक अब बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन गर्दैन ।”

बोर्डले  गत  वर्षको  कक्षा  ११  मा  अध्ययन  गर्ने  विद्यार्थीको  अन्तिम  परीक्षा  सञ्चालन  गर्दा  परीक्षा  सञ्चालनसम्बन्धी कार्यविधिमार्फत सो अधिकार विद्यालयलाई दिएको थियो । कोरोना भाइरसका कारण बोर्डले राष्ट्रिय स्तरमा  एकै  पटक  परीक्षा  सञ्चालन  गर्न  नसकेपछि  कार्यविधिमार्फत  उक्त  अधिकार विद्यालयलाई दिइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार ०८:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०