२७ जेष्ठ २०८०, शनिवार

हिमाली क्षेत्रमा हिमपात, पूर्व र मध्य क्षेत्रमा वर्षाको संभावना

२०७७,माघ,२४,शनिवार ०८:०६

0
Shares

काठमाडौं । पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेका आज पूर्व र मध्य क्षेत्रका केही स्थानमा पानी पर्ने संभावना रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राती प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २ र वाग्मतीका केही स्थान तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको संभावना छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलिदेखि भने मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार ०८:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राजु विश्वकर्मा- वीरगञ्ज । कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन्

रुपनी जिएम  जानकी । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित

कृष्ण अधिकारी-नेत्रप्रसाद सुवेदी । नेपालमा दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्षको अवधिमा

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०