२६ जेष्ठ २०८०, शुक्रवार

चीनले नेपाललाई ५ लाख डोज खोप दिने

२०७७,माघ,२४,शनिवार ०७:२६

0
Shares

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप ५ लाख डोज दिने प्रतिबद्धता जनाएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका खबर कान्तिपुर दैनिकमा छ ।

यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई आफ्नै सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङले भने दूतावासले जानकारी दिएको भन्दा दुई लाख बढी खोप अनुदानमा दिने बताएका हुन् । वाङले ज्ञवालीसँग खोप सहकार्यमा नेपाललाई प्राथमिकता दिने पनि बताएका छन् । ज्ञवाली र वाङबीच दुई मुलुकको आपसी चासोका विषयमा कुराकानी भएको पनि परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाई यसअघि भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले बेलायतका अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता अस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकीलाई प्राथमिकता दिने नीति’ अनुसार नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको हो ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार ०७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली,

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१