१४ जेष्ठ २०८०, आईतवार

‘कन्ट्याक्ट ट्रेसिङ एप’मा त्रुटि आएपछि जापानी प्रधानमन्त्रीले माफी मागे

२०७७,माघ,२३,शुक्रवार २२:३३

0
Shares

काठमाडौँ–  स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले गत जुनमा शुरू गरेको कोभिड सङ्क्रमण पत्ता लगाउने माध्यम (कन्ट्र्याक ट्रेसिंग एप) ‘कोकोआ’ मा रहेको प्राविधिक त्रुटी पत्ता लगाउन नसकेको भन्दै शुक्रवार सरकारको तर्फबाट क्षमा याचना गरेका छन्।

स्वास्थ्य मन्त्रालयले ‘ब्लुटुथ’ नामक ‘वायरलेस’ प्रविधिको सहयोगमा उक्त एपका माध्यमबाट १५ मिनेटसम्म एक मिटरको दूरीमा रहेका व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको वा नभएको सङ्केत सङ्कलन गर्ने बताइएको थियो। उक्त प्रविधिले एप प्रयोगकर्ताहरूले यदि उनीहरूसँग कुनै कोभिड सङ्क्रमित अर्को व्यक्ति सम्पर्कमा आएमा एपले कोरोनाभाइरस सङ्क्रमण नतिजा पुष्टि गर्ने बताइएको थियो ।

यद्यपि एपले गत सेप्टेम्बरदेखि संक्रमित व्यक्तिहरूको नजीकमा रहेका एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूलाई सूचित गर्न असफल भएको पुष्टि भएको छ। “मलाई साह्रै दुः ख लागेको छ । यस विषयमा राम्ररी हेर्नु मेरो जिम्मेवारी हो ताकि यस्तो फेरि कहिल्यै हुँदैन,” सुगाले जापानको संसदीय एक समितिमा भने।

यद्यपि प्रधानमन्त्री सुगाले स्वास्थ्यमन्त्री नोरहिसा तामुरालाई अनुशासित हुनुपर्ने विपक्षी दलको आह्वानलाई खण्डन गरेका छन्। एपमा देखिएको प्राविधिक त्रुटीले डिजिटल टेक्नोलोजीलाई देशको विकास रणनीतिको फोकस बनाउने वाचा गरेका प्रधानमन्त्री सुगा र उनको नेतृत्वको सरकारलाई एक प्रकारको चोट पुर्याएको हो।

महामारीलाई नियन्त्रण गर्ने सरकारी उपायहरूप्रति सार्वजनिक असन्तुष्टिको बीचमा यस असफलताले उनको ख्याति अनुमोदन मूल्याङ्कन सूचकाङ्क थप झरेको छ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार २२:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०