२६ जेष्ठ २०८०, शुक्रवार

जर्मनीमा ६० हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

२०७७,माघ,२३,शुक्रवार २२:२१

0
Shares

काठमाडौँ– जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रवार जानकारी गराएको छ ।

इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या ८५५ रहेको र अहिलेसम्म कूल ६० हजार ५९७ व्यक्तिले महामारीबाट ज्यान गुमाएका हुन् । उक्त अवधिमा जर्मनीमा सङ्क्रमितको सङ्ख्या १२ हजार ९०८ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित भएका विरामीको सङ्ख्या २२ लाख ६४ हजार ९०९ पुगेको छ ।

जर्मनीमा महामारी सुरू भएपछि अहिलेसम्म २० लाख व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ मा कोभिड–१९ को सङ्क्रमणले विश्वव्यापी महामारीको रूप लिएको घोषणा गरेको थियो ।

अहिलेसम्म विश्वभर १० करोड ४० लाख ८० हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् भने विश्वभर २२ लाख ८० हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार २२:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेरिस । फ्रान्सेली आल्प्सस्थित पार्कमा एक व्यक्तिले छुरा प्रहार गर्दा घाइते भएका दुईजना बालबालिकाको अवस्था गम्भीर रहेको सरकारले शुक्रबार जनाएको

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको अपर दिर जिल्लामा बिहीबार यात्रुवाहक गाडी खाडलमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको

वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले

टेक्सास । टेक्सासको सर्फसाइडको पार्कमा बिहीबार पदमार्ग भत्किँदा २१ जना घाइते भएका छन् । सो घटनामा घाइते भएका पाँच किशोरहरूलाई

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१