१४ जेष्ठ २०८०, आईतवार

हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित

२०७७,माघ,२३,शुक्रवार २२:०७

0
Shares

काठमाडौँ– हिमाली भेगमा केही हिमपात भएसँगै बढेको चिसोपनले उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ ।

समुन्द्र सतहदेखि दुई हजार ५०० मिटर भन्दामाथि हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातले गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनवारी, ठूलोस्याफ्रुको गर्दागाङ, लाङ्टाङ, नाकथलीसमेतका मानवबस्तिको जनजीवन निकै प्रभावित बनाएको छ ।

हिमाली भेगमा आज मध्याह्नदेखि शरूभएको हिमपात साँझपख अडिएको स्थानीयबासी सुव्वा लामाले बताए । हिमपातले अत्याधिक चिसोपन बढेका कारण उत्तरीभेगका बासिन्दा यतिखेर घरभित्र आगो तापेर बसिरहेका र घरपालुवालाई पानी तताएर खुवाउन थालिएको स्थानीय तेन्जेन लामाले जानकारी दिए ।

खेतियोग्य जमिनमा हिउँ नपर्दा यस वर्ष गहुँ, तोरी र आलुजस्ता हिउँदेबालीलाई भने असर पुगेको कृषकले बताएका छन् । हिमपातका कारण पवित्र तीर्थ गोसाइँकुण्डको तलाउ जमेको, धार्मिक मार्ग हिउँले छोपेको, सडक मार्गका ओसिलो ठाउँमा पानी जम्दा बनेको बरफले दुई पाङ्ग्रे सवारी साधन गुडाउन असहज भएको प्रहरीले जनाएको छ ।

गत वर्ष जाडोयामको यही समयमा गोसाइँकुण्ड, आमाछोदिङ्मो गाउँपालिकाको ११ वडा र कालिकागापाको राम्चे, स्याउवारी, उत्तरगया पालिकाको तिरू एवं नौकुण्ड पालिकाको यार्सा, घाङमर, दोक्लाङसमेत क्षेत्र प्रभावित हुने गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ ।

यस वर्ष गत असोज १५ देखि वर्षा रोकिएका कारण मङ्सिर तथा पुस महिनामा पर्ने हिउँ ढिलो पर्न थालेकोले जलवायु परिवर्तनको असर हुनसक्ने स्थानीय अनुमान रहेको छ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार २२:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भुमिराज पिठातोली- बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

महोत्तरी । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको प्रत्येक पाँच वर्षमा हुने महापूजा तयारीले जलेश्वरको चहलपहल बढाएको

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०