२६ जेष्ठ २०८०, शुक्रवार

चीनले नेपाललाई ५ लाख डोज कोरोनाविरुद्धको खोप दिने

२०७७,माघ,२३,शुक्रवार २१:४४

0
Shares

काठमाडौँ– चीनले नेपाललाई ५ लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार टेलिफोन वार्तामा चीनले सो घोषणा गरेका हुन् ।

मन्त्रालयका अनुसार टेलिफोन कुराकानीका क्रममा कोरोना भ्याक्सिन उपलब्ध गराउन चीनले नेपाललाई प्राथमिकतामा राखेको पनि विदेशी मन्त्री वाङले बताएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार टेलिफोन कुराकानीका क्रममा कोरोना भ्याक्सिन उपलब्ध गराउन चीनले नेपाललाई प्राथमिकतामा राखेको पनि विदेशी मन्त्री वाङले बताएका थिए ।  जबाफमा मन्त्री ज्ञवालीले चिनियाँ सरकारलाई धन्यवाद दिँदै वैश्विक माहामारी नियन्त्रणमा चीनले देखाएको चासो र सक्रियताको सरहाना गरेका थिए । सो क्रममा नेपाल र चीनबीच दुई पक्षीय चासोका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

यसअघि चिनियाँ दूतावासले नेपाललाई अनुदानमा ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेकोमा विदेश मन्त्रीले ५ लाख दिने घोषणा गरेका हुन्।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार २१:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी

काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनहरु गोंगबुस्थित नयाँ बसपार्कभित्र लैजानु पर्ने, यात्रु चढ्न र ओर्लन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१