काठमाडौं । चीनको गुफामा बस्ने चमेरोका कारण सारा विश्वमा कोरोना फैलिएको बताउँदै आइएको छ ।विश्व स्वास्थ्य संगठन यस बारेमा जाँच गरिरहेको छ ।
चीनको वुहानमा स्थित गुफामा विश्व स्वास्थ्य संगठनको एक टीम अहिले जाँच गरिरहेको छ ।
यो टीम कोरोना भाइरस फैलिएको सम्बन्धी जेनेटिक प्रमाणको अनुसन्धान गरिरहेको छ ।
टीमका एक सदस्यले चीनका बाँकी सम्भावित सबै गुफाहरुको जाँच गर्नुपर्ने बताएका छन् ।
यहि टीमका सदस्य पीटर ड्यासज्याक पनि रहेका छन् । पीटर उक जूओलजिस्ट र जन्तु रोग विशेषज्ञ हुन् । उनले २०१९ मा फैलिएको कोरोना भाइरसलाई लिएर नयाँ जानकारी मिलिरहेको बताएका छन् ।
उनले यसको बारेमा बिस्तृत जानकारी दिन मने नमानेको बताइएको छ ।
उनले यो कोरोना भाइरस प्रयोगशालमा भने नबनाइएको बताइएको छ । पीटर २००२ २००३ मा फैलिएको एक्यूट रेस्पिरेटरी सिन्ड्रोमको उत्पत्रि बारेमा खोज गर्ने टमिमा सामेल थिए ।
उनी र उनको टीमले यो भाइरस चीनको दक्षिण पश्चिम स्थित यूनान प्रानतको गुफामा बस्ने चमेरोबाट विश्वमा फैलिएको थियो ।
उनी न्यूयोर्कस्थित ईकोहेल्थका प्रेसिडेन्ट समेत हुन् ।