२८ जेष्ठ २०८०, आईतवार

पहिलो पटक विदेश नीतिबारे बोले बाइडेन : चीन, म्यानमार र रुसको बारेमा के भने ?

२०७७,माघ,२३,शुक्रवार १२:५९

0
Shares

काठमाडौं । २० जनवरीमा अमेरिकाको राष्ट्रपति पदको शपथ ग्रहण लिएका जो बाइडेनले पहिलो पटक नयाँ विदेश नीतिको तस्वीर देखाएका छन् । यसका लागि उनी विशेष रुपमा स्टेट डिपार्टमेण्ट अर्थात् विदेश मन्त्रालय पुगेका थिए ।

उनले चीन, म्यानमारको मुद्दामा बोलेका छन् । त्यस्तै उनले यमन संकटमा साउदी अरबलाई मानवाधिकारलाई लिएर शतर्क रहन भनेका छन् ।

रुसः त्यहाँ सोसल एक्टिभिस्ट एलेक्सी नाभेल्नीलाई यसकारण पक्राउ गरियो, किनभने उनले करेप्शनको उजागर गरिरहेका थिए, हामी माग गर्दछौँ कि, नाभेल्नीलाई तत्काल बिना शर्त रिशा गरियोस् ।

म्यानमारः अमेरिका आफ्ना सबे सहयोगीसँग मिलेर यो कोशिस गर्नेछ कि, म्यानमारमा तत्काल लोकतन्त्र फकाउन सकियोस् । त्यहाँ कानूनको शासन हुन आवश्यक छ । यसो नगरे गम्भीर परिणाम भोग्न पर्नेछ ।

चीनः यदि चीनले अमेरिकालाई आर्थिक नोक्शान पुर्याउन कोशिस गरेमा यसको लागि तयार िभइसकेको, मानवाधिकारमा चीनको जवाफदेही तय गरिनेछ । यदि अमेरिकाको हित भए चीनसँग सम्झौता हुन सक्छ ।

ग्लोबल एलायन्सः अमेरिका आफ्ना पुराना साथीलाई फेरि एकसाथ गर्नेछ । यसका लागि एलायन्स मजबुत पारिनेछ । संसारलाई एकजुट गराउने कोशिस गर्नेछ ।

रिफ्यूजी प्रोब्लमः विशेष गरेर मेक्सिकोको बोर्डरमा यो समस्या रहेको छ। ट्रम्पको कार्यकालमा यहाँको अवस्था खराब थियो, त्यहाँ बोर्डर वाल बनाइँदै थिइयो, यसको काम तत्कालका लागि रोकिएको छ ।

सैन्य शक्तिको समीक्षा: अब संसारमा अमेरिकी फौजको तैनाथको ग्लोबल रिभ्यू गरिनेछ । यो तय गरिनेछ कि, हाम्रो प्राथमिकता के हुनुपर्नेछ । जर्मनीबाट सैनिक फिर्ता बोलाईने छैन, त्यहाँ ४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

लोकतन्त्रः संसारका ठूला लोकतान्त्रिक देशसँग चाँडै कुराकानी हुनेछ । यसलाई एक मञ्चमा लान आवश्यक छ । लोकतान्त्रिक देशको महत्व कहिल्यै कमी हुनेछैन ।

यमनमाथि फोकसः साउदी अरब र यूएईको यमनविरुद्ध सैन्य कारबाहीलाई अमेरिका स्वीकार गर्दैन । यी देशमा आर्म्स सप्लाइ रोक लगाइएको छ, टिमोथी ल्याण्डरकिंग यमनमा नयाँ एम्बास्डर हुनेछन् । साउदी पहिलेको जस्तै सहयोगी बनिरहने छ ।

समलैंगिगताः यस बारेमा सबै सम्बन्धित सरकारी एजेन्सीहरुलाई मेमोरेण्डम जार िगरिएको छ । यसमा संसारका हरेक भागमा एलजीबीटीसँग जोडिएका अधिकारीहरुको सुरक्षा दिनेछ ।

क्लाइमेटः अमेरिका आफ्ना जिम्मेवारी पूरा गर्नको लागि तयार छ । हामी यस बारेमा यो टारगेट संसारभरमा तय गरिनेछ । त्यसलाई समय र प्रमाणसहित पूरा गरियोस् ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १२:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

राजु विश्वकर्मा- वीरगञ्ज । कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०