२२ जेष्ठ २०८०, सोमवार

होटल र रेष्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छता सम्बन्धी प्रशिक्षण

२०७७,माघ,२३,शुक्रवार १२:४९

0
Shares

सिरहा । पस्किने खानामा स्वच्छता, गुणस्तरीयता र सफा बनाउने उद्देश्यले सिरहाका होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजद्वारा हिजो (बिहीवार) सिरहाको मिर्चैयामा आयोजित खाद्य स्वच्छतासम्बन्धी एकदिने तालिममा सिरहाका करिब ३० जना होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकको सहभागिता थियो ।

तालिममा होटल, रेष्टुरेन्ट तथा क्यान्टिनमा पस्किने खाना र खाजामा स्वच्छता, गुणस्तरीयता ल्याउने विधिबारे कार्यपत्र प्रस्तुत गर्दै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजका प्रमुख सुरेशकुमार सिंहले होटल तथा रेष्टुरेन्टको प्रतिस्पर्धा खाद्य स्वच्छता र गुणस्तरीतामा हुनुपर्ने बताए ।

उनले खाद्य स्वच्छताका लागि होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने रसायन, भाँडाकुडा, शौचालय, झ्यालढोका, भान्सा, खाना खुवाउने ठाउँ, कच्चा तथा तयारी खानेकुराका लागि छुट्टाछुटै ठाउँ, पानीको भण्डारण तथा प्रशोधन प्रक्रिया, हातधुने नियम, खानेकुराको देखभाल वा प्रबन्ध, खानेकुराको सम्पर्कमा आउने सम्पूर्ण उपकरण सफा हुनुपर्ने जानकारी दिए ।

तालिममा होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामकुमार गुप्ताले खाद्य स्वच्छताका लागि सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिनुहुँदै नियमित बजार अनुगमनसँगै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने बताए । सो अवसरमा राष्ट्रिय उपभोक्त मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ता, मिर्चैया उद्योग वाणिज्य सङ्घका महासचिव भरत महासेठले होटल र रेष्टुरेन्टले खाद्य स्वच्छतामा ध्यान दिन नसक्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने बताए ।

यसैबीच माघ २९ गतेदेखि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजले खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुरेन्टको स्तरोन्नतिका लागि स्टीकर (लोगो) टाँस्ने कार्य शुरु गरिने भएको छ । होटल तथा रेष्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे-नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिने प्रमुख सिंहको भनाइ छ । विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकामा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुरेन्टलाई अति उत्तम (क) तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणी (ख), ६५ देखि ७९ अङ्कसम्म ल्याउनेलाई सन्तोषजनक (ग) र ५० देखि ६४ अङ्क ल्याउनेलाई समान्य वर्ग (घ) गरी वर्गीकरण गरेर सोहीअनुसार होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसिन्छ ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १२:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०