२६ जेष्ठ २०८०, शुक्रवार

वन विज्ञान विश्वविद्यालयका सहायक डीन ओझाको निधन

२०७७,माघ,२३,शुक्रवार १२:११

0
Shares

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उनको आज (शुक्रवार) बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो ।

ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो । अस्पताल भर्ना भएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण निको भइसकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो ।

विसं २०१९ फागुन १८ गते लमजुङको दुराडाँडामा जन्मेका भएका ओझाले २०४८ सालमा सहायक प्राध्यापकको रुपमा कृषि क्याम्पस पक्लिहवाबाट सेवा प्रारम्भ गरेका थिए । उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । ओझाको अन्तिम संस्कार आज देवघाटमा गरिएको छ । उनलाई नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको झण्डा ओडाएका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १२:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन –२०२३ शुक्रबार काठमाडौंमा उद्घाटन गरेका छन् ।

काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको पाँचौ बार्षिक साधारण सभा होटल अकामा, धुम्बाराही, काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ । अध्यक्ष

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्ताव लगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३