काठमाडौं । इजरायलले अमेरिकाका राष्ट्रपति बाइडेनलाई ईशारा दिँदै परमाणु शक्तिले ल्यास ईरानमाथि एक्लै भएपनि हमला गर्ने बताएको छ ।
प्रधानमन्त्री नेतान्याहूका नजिकका क्याबिनेट मन्त्री जाची अेग्बीले भने, ‘यदि अमेरिकाले ईरानविरुद्धको हमलामा हामीलाई साथ नदिएपनि इजरायलविरुद्ध एक्लै हमला गरिन्छ । उसको परमाणु क्षेत्र ध्वस्त गरिदिनेछौँ ।’
उनको बयान अमेरिकी जो बाइडेन सरकारलाई दिइएको म्यासेज मानिएको छ । २०१५ मा बराक ओबामाको कार्यकालमा अमेरिका र ईरानको बीचमा न्यूक्लियर डील भएको थियो ।
२०१७ मा जब डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनले यसलाई रद्द गरेका थिए ।
अहिले बाइडेन सत्तामा रहेका छन् । उनी एकपटक फेरि ईरानसँग सम्झौता गर्ने तयारीमा छन् ।
इजरायल सरकार भने यसबाट खुशी छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया