१४ जेष्ठ २०८०, आईतवार

वितरण भएन अनुदानको सेनिटरी प्याडदेखि सुत्केरी भत्ता

२०७७,माघ,२३,शुक्रवार १०:१६

0
Shares

जाजरकोट । अघिल्लो वर्ष सबै विद्यालयमा पुगिसक्नुपर्ने सेनिटरी प्याड अझै भेरी नगरपालिकाका विद्यालयमा नपुगेको बताइएको छ ।

सदरमुकामस्थित भेरी नगरपालिकामा विद्यालय सञ्चालन भएको लामो समयसम्म प्याड नपुग्दा छात्रा समस्यामा परेका छन् । सङ्घीय सरकारको अनुदानमा सबै विद्यालयका छात्रालाई महिनावारी हुँदा प्रयोग गर्न सजिलो होस् भनी अघिल्लो वर्ष स्थानीय तहलाई रकम भुक्तानी गरिएको थियो । अघिल्लो वर्ष रकम पाएर प्याड खरिद गरेको भेरी नगरपालिकाले अहिलेसम्म विद्यालयमा पठाउन नसकेको हो ।

यही माघ ८ गते बसेको प्रधानाध्यापकको बैठकमा सबै विद्यालयले प्याड लिन आग्रह गरे पनि अहिलेसम्म विद्यालयमा नपुगेको नगर शिक्षा समितिले जानकारी दिएको छ । भेरी नगरपालिकाभित्रका अधिकांश विद्यालयमा खानेपानी, शौचालय र बालमैत्री नहुँदा समस्या हुँदै आएको छ । आधारभूत तहका विद्यालयमा सेनिटरी प्याड दिने व्यवस्था रहेको छ ।

त्यस्तै भेरी नगरपालिकाले पाँच महिनाभन्दा लामो समयदेखि सुत्केरी भत्ता नदिएको पाइएको छ । दैनिक भत्ताका लागि आउने गरेको भए पनि रकम नगरपालिकाले भुक्तानी नगर्दा काम गर्न नै अप्ठ्यारो भएको स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य सेवा कार्यालयमा सुत्केरी हुनेले तत्काल यातायात खर्चवापत रकम पाए पनि भेरी नगरपालिकाले पाँच महिनादेखि भुक्तानी गरेको छैन । यता भेरी नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले खानाका लागि नदिएको भनी प्रतिक्रिया दिए । भत्ता नपाएका सुत्केरीले कहिले सुत्केरी भत्ता पाउँछन् भन्ने जिज्ञाशामा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १०:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०