२८ जेष्ठ २०८०, आईतवार

सिमेन्ट थन्क्याउने गोदाम बन्यो अर्बुद रोग निवारण संस्थाको भवन

२०७७,माघ,२३,शुक्रवार ०९:१६

0
Shares

झापा । क्यान्सरका बिरामीलाई सहुलियतको सिफारिसलगायतको काम गर्दै आएका झापास्थित नेपाल अर्बुद रोग निवारण संस्था केही वर्षदेखि बन्द अवस्थामा छ ।

भद्रपुर नगरपालिका–८ स्थित मेची प्रादेशिक अस्पताल परिसरभित्र १० कठ्ठामा निर्मित सो संस्थाको तीनकोठे पक्की भवन झारजङ्गलले छोपिएको छ । मूलढोकामा ठूलो ताला लागेको छ । विसं २०५० मा क्यान्सर रोग निवारणका लागि सचेतना जगाउन र बिरामीको उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले भद्रपुरका समाजसेवीहरुले सो संस्थाको जिल्ला शाखा स्थापना गरेका थिए ।

दाताको सहयोगमा बनाइएको भवन बेवारिसजस्तै बनेको छ । अर्बुद रोग निवारण संस्थाको कार्यालयलाई मेची अस्पतालको निर्माणाधीन भवनको सिमेन्ट थन्क्याउने गोदामका रूपमा प्रयोग गरिएको छ । आजीवन सदस्य र साधारण सदस्य बनाएर संस्थाको कार्यसमिति गठन गरिँदै आएको छ । स्थापनाकालमा थुप्रै कार्यक्रम गरेको समितिको गतिविधि अहिले ठप्प छ ।

समितिका वर्तमान अध्यक्ष रुद्र भुर्तेलले समितिको बैठक कहिलेकाहीँ बस्ने गरेको बताए । कार्यालय भवन फोहर र बस्ने कुर्सी टेबुल नभएका कारण निजी घरतिर बैठक बस्दै आएको उनले बताए । संस्थाको आफ्नै भवनमा एउटा बैठक र अरु दुईवटा कार्यालय प्रयोजनका कोठा छन् । संस्थामा ६५ आजीवन सदस्य र १५ सदस्यीय कार्यसमिति रहेको अध्यक्ष भुर्तेलले बताए ।

भक्तपुर क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचार सेवा लिन जाने बिरामीलाई सहुलियतका लागि सिफारिस गर्ने संस्थाको उद्देश्य भएको उनको भनाइ छ । तर पछिल्लो समय संस्थाले कसैलाई पनि सिफारिस गरेको छैन । पञ्चायतकामा राजपरिवारका सदस्यको नेतृत्वमा काठमाडौंमा अर्बुद रोग निवारण संस्थाको स्थापना भएको थियो । जिल्लाहरुमा यसको शाखा विस्तार गरिएको हो ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ०९:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापव्रmम

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

ताजा समाचार

हिमालमा पनि बढ्यो तापक्रम
 २०८०,जेष्ठ,२८,आईतवार ०७:२२
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१