१४ जेष्ठ २०८०, आईतवार

म्यानमारमा फेसबुक प्रयोगमा प्रतिबन्ध

२०७७,माघ,२३,शुक्रवार ०९:२०

0
Shares

एजेन्सी । शासन सत्ता आफ्नो हातमा लिएको म्यानमार सेनाले फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाएको छ । फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत अशान्ति फैलाइएको भन्दै सेनाले देशमा स्थायित्व कायम राख्न प्रतिबन्ध लगाएको जनाएको छ ।

यसै साता सोमवार म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीलगायत शीर्ष नेताहरूलाई नजरबन्द गरी ‘कू’ गरेको थियो । ‘कू’सँगै त्यहाँ इन्टरनेट सेवा, बैंकिङ तथा टेलिफोन सेवा आंशिक बन्द भएको थियो । त्यसयता सैनिक ‘कू’को विरोधमा सामाजिक सञ्जालमार्फत सेनाको कदमको विरोध भइरहेको थियो । म्यानमारमा पाँच करोड ३० लाख जनसंख्यामध्ये झण्डै आधा जनता फेसबुकमा सक्रिय रहेका जनाइएको छ ।

सेनाले म्यानमारमा एक वर्षसम्म सैनिक शासन लागू हुने घोषणा गरेको छ । त्यसपछि निर्वाचित सरकारलाई शासन हस्तान्तरण गर्ने सेनाको भनाइ छ ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ०९:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । यही जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन । देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०