२६ जेष्ठ २०८०, शुक्रवार

देशभर सामान्य बदली हुने, उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना

२०७७,माघ,२३,शुक्रवार ०८:१४

0
Shares

काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश नं १ र वाग्मती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभाबना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

यसैगरी आज राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरु तथा प्रदेश नं १ का केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना समेत औँल्याइएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ०८:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली,

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१