१४ जेष्ठ २०८०, आईतवार

एमसीसीविरुद्ध नारा लाग्दा किन झुक्यो दाहालको शिर ?

२०७७,माघ,२३,शुक्रवार ०६:५०

0
Shares

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर सभास्थलबाट हिँडेका छन्।

नेकपाका नेता–कार्यकर्ताले ललितपुरको पुल्चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदर्शन गरिरहेका बेला दाहालले पनि उनीहरूसँग स्वरमा स्वर मिलाएर नारा लगाइरहेका थिए। कार्यकर्ताले एमसिसीविरुद्ध नारा लगाउन थालेपछि उनले सुरुमा त्यसो नगर्न आग्रह गरे। तर कार्यकर्ताले एमसिसीविरुद्धको नाराबाजी जारी नै राखेपछि असहज महसुस गर्दै दाहालले शिर झुकाएका थिए। त्यसलगत्तै उनी कार्यक्रमबाट बाहिरिएका थिए। एमसिसीविरुद्ध नारा लाग्दा दाहालको देखाउको भावभंगीको सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ।

नेकपामा विभाजन हुनुअघि नै एमसिसी संसद्बाट पारित गर्ने विषयमा चर्काे विवाद भएको थियो। एमसिसीका बारेमा अध्ययन गर्न नेकपाले झलनाथ खनाल नेतृत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले यथास्थितिमा एमसिसी संसद्बाट पारित नगर्ने सुझाव दिएपछि त्यो विषय थप पेचिलो बनेको थियो। त्यसपछि उक्त विषय संसद्बाट पारित हुन सकेको थिएन। एमसिसी कार्यान्वयनसम्बन्धी सम्झौताअनुसार उक्त परियोजना नेपालमा लागु गर्न संसद्बाट अनुमोदन हुनुपर्छ।

विशेष गरी अहिले दाहाल–नेपाल समूहमा रहेका नेताहरूले यथास्थितिमा एमसिसी पारित गर्न नसकिने अडान राखेकै कारण संसद्बाट एमसिसी अनुमोदन हुन नसकेको हो। नेकपाको एउटा खेमा एमसिसी कुनै पनि हालतमा पारित गर्न नहुने पक्षमा अडियो। त्यो धारको नेतृत्व गर्दै अध्यक्ष दाहालले संशोधन गरेर मात्र एमसिसी पारित गर्न सकिने धारणा राख्दै आएका थिए। अहिले नेकपामा विभाजन हुनुको एउटा कारणका रूपमा कतिपयले एमसिसीलाई पनि लिने गरेका छन्।

प्रधानमन्त्री ओलीले एमसिसी अघि बढाउन चाहने तर अर्काे पक्षले रोक्न खोज्दा नेकपाभित्र विवाद बढेको थियो। एमसिसी सहज ढंगले पारित हुने अवस्था नभएपछि नेकपा विभाजनको बाटोमा बढेको र त्यसमा अमेरिकी स्वार्थले पनि काम गरेको कतिपयको तर्क छ। पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएका बेला प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए। त्यसपछि नेकपा दुई समूहमा विभाजित छ। ओलीको कदमलाई अमेरिकासँगै भारतको समेत समर्थन रहेको कतिपयको बुझाइ छ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि आन्दोलनरत दाहाल–नेपाल समूहका अध्यक्ष दाहालले संविधानको रक्षाका लागि भइरहेको आन्दोलनमा भारत र अमेरिकासहितका अन्तर्राष्ट्रिय समुदायको समर्थन खोज्दै आएका छन्। सार्वजनिक रूपमै एमसिसीको विरोध गर्दा अमेरिकासँगको सम्बन्ध बिग्रन सक्ने ठानेर पनि उनले विरोध नगरेको राजनीतिक विश्लेषक बताउँछन्। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ०६:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९