२८ जेष्ठ २०८०, आईतवार

अनलाइन सुविधाले खाता खोल्न सहज, ४२ लाख ४४ हजार नयाँ बैंक खाता

२०७७,माघ,२३,शुक्रवार ०६:२३

0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्न चाहनेलाई अनलाइनको सुविधा दिएपछि निक्षेपकर्ताको संख्या बढेको छ । हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूबाट ४२ लाख ४४ हजार खाता थपिँदा मङ्सिरसम्ममा कुल निक्षेप खाताको संख्या ३ करोड ३५ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा यस्तो संख्या २ करोड ९२ लाख थियो । पछिल्लो समय सर्वसाधारणले शेयरबजारको प्रारम्भिक शेयर (आईपीओ)मा लगानी गर्ने उद्देश्यले डिम्याट खोल्न बैंकको खाता खोलेकाले पनि यस्तो संख्या बढेको बैंकरहरू बताउँछन् ।

यस अवधिमा बैंकहरूले अनलाइन बचत खाता खोल्न सुविधा दिएका थिए । कोभिड महामारीका कारण भौतिक दूरी कायम गर्नुपर्ने बाध्यतालाई ध्यानमा राखी भुक्तानी गर्न, निक्षेप खाता खोल्नदेखि कर्जासमेत अनलाइनबाटै आवेदन दिएर उपयोग गर्न सकिने प्रडक्टहरू बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालनमा ल्याए । सबैभन्दा बढी खाता संख्या वाणिज्य बैंकहरूको वृद्धि भएको छ । वाणिज्य बैंकहरूमा गत आवमा कुल २ करोड ४२ लाखको संख्यामा रहेको निक्षेप संख्या बढेर २ करोड ८८ लाख पुगेको छ ।

विकास बैंकको निक्षेप खातामा भने संकुचन आएको छ । ४४ लाख २६ हजारको संख्यामा रहेको निक्षेप खाता गतवर्ष ३ लाख ७४ हजारको संख्यामा घटेको थियो । चालू आवमा विकास बैंकमा ४० लाख ५२ हजार मात्र निक्षेप खाता रहेको छ । करीब आधा दर्जन विकास बैंकहरू वाणिज्य बैंकसँग गाभिएकाले विकास बैंकको निक्षेप खाताको संख्यामा कमी देखिएको डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकाल बताउँछन् ।

निक्षेप खाता संख्या मात्र होइन, ऋणीको संख्याको वृद्धि पनि घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा ३ लाख ३० हजारको संख्यामा रहेको विकास बैंकको ऋणी यस वर्ष २८ हजारको संख्यामा घटेका छन् । यसैगरी, वित्त कम्पनीहरूको निक्षेप खाता संख्या भने ९१ हजारको संख्यामा वृद्धि भएर चालू आवमा ६ लाख ६९ हजार पुगेको छ । गत आवमा यस्तो संख्या ५ लाख ७७ हजार थियो । आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ०६:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली,

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०